२२ पुस २०८२, मंगलबार | January 6, 2026

लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामा बीच भेटवार्ता



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा विच शनिबार भेटवार्ता भएको छ ।

साउन १६ गते मन्त्रिपरिषदबाट ५ वर्षका लागि उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विकासका बिषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने बिषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष लामाले भेटवार्ता गरेका हुन ।

लुम्बिनी स्थित होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी गुरुयोजना कार्यान्वयन र गुरुयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष लामाले बताए ।

भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गरेका थिए । त्यस्तै लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराए ।

भेटमा मुख्मन्त्री चौधरीले भने यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार तत्तपर रहेको बताए । मुख्यमन्त्रीले बुद्धजन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : ०२ बजे

वीरगञ्जमा कर्फ्यू हट्यो, पाँच बुँदे सर्वपक्षीय सहमति

वीरगञ्ज । वीरगञ्जमा हिजोसाँझदेखि लगाईदै आएको कर्फ्यू हटाइएको छ ।

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु

दुबई । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको

काठमाडौंको गौरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी