२० माघ २०८२, मंगलबार | February 3, 2026

‘अब मलाई नखोज्नु’ भनी बेपत्ता भएका बुटवलका औंषधी व्यवसायी ढकालको परिवारले गरे कुशको शव बनाएर अन्त्येष्टि



बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औंषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए ।

बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर देवघाटमा अन्तिम दाहासंस्कार गरिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए ।

अन्तिम दिन नारायणी नदि पुल नजिकै सिसिटिभीमा देखिएका ढकाल

गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहिन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेशनल फर्म स्थापना गरी बुटवलमा औंषधी व्यवसाय गर्दै आएका थिए ।

ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेन । २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ ।

आर्थिक रुपमा समेत अव्वल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन् । बिभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकाल रोटरी क्लव आफ सेन्टल बुटवल औंषधी ब्यवसायी संघ बुटवल उद्योग बाणिज्य संघ लगायतका सामाजिक संस्थामा क्रियाशिल थिए । स्वर्गीय ढकालका एक श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : ५२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको