४ चैत्र २०८२, बुधबार | March 19, 2026

रोटरी क्लब अफ लुम्बिनीद्वारा रक्तदान, ७१ पिन्ट संकलन



बुटवल । रोटरी क्लब अफ लुम्बिनीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको आर्थिक सहयोगमा बुटवल अमरपथमा रक्तदान कार्यक्रम भएको हो ।

क्लबका वर्ष २०२३/२४ का अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ ।

क्लबका एसिस्टेन्ट गर्भनर यादवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा क्लवका सल्लाहकार एजाज आलमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जोन २६ का एसिस्टेन्ट गर्भनर सुरज क्षेत्री, क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डे, क्लबका सचिव उमापति भुषाल लगायतले बोलेका थिए ।

आजका रक्तदातामध्ये १७ जनाले पहिलो पटक रक्तदान गरेका हुन् । प्रमुख अतिथि भण्डारीले रोटरी वर्ष २३(२४ यस क्लबले धेरै राम्रो सामाजिक कार्य गर्दै आएको र अन्य सामाजिक काम गर्न सुझाव दिए ।

क्लबका सल्लाहकार आलमले रोटरीले गर्ने सामाजिक गतिविधिले सामाजिक कार्यमा संलग्न हुन प्रेरीत गर्ने बताए । क्लबका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड वुटवल शाखा प्रमुख लक्ष्मण सुवेदीले क्लबले यस वर्ष शिक्षा, स्वास्थ, वातावरण, सरसफाई लगायतका विषयमा काम गरीरहेको बताए । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रममा भएको हो ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ०५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन