५ पुस २०८२, शनिबार | December 20, 2025

रोटरी क्लब अफ लुम्बिनीद्वारा रक्तदान, ७१ पिन्ट संकलन



बुटवल । रोटरी क्लब अफ लुम्बिनीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको आर्थिक सहयोगमा बुटवल अमरपथमा रक्तदान कार्यक्रम भएको हो ।

क्लबका वर्ष २०२३/२४ का अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ ।

क्लबका एसिस्टेन्ट गर्भनर यादवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा क्लवका सल्लाहकार एजाज आलमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जोन २६ का एसिस्टेन्ट गर्भनर सुरज क्षेत्री, क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डे, क्लबका सचिव उमापति भुषाल लगायतले बोलेका थिए ।

आजका रक्तदातामध्ये १७ जनाले पहिलो पटक रक्तदान गरेका हुन् । प्रमुख अतिथि भण्डारीले रोटरी वर्ष २३(२४ यस क्लबले धेरै राम्रो सामाजिक कार्य गर्दै आएको र अन्य सामाजिक काम गर्न सुझाव दिए ।

क्लबका सल्लाहकार आलमले रोटरीले गर्ने सामाजिक गतिविधिले सामाजिक कार्यमा संलग्न हुन प्रेरीत गर्ने बताए । क्लबका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड वुटवल शाखा प्रमुख लक्ष्मण सुवेदीले क्लबले यस वर्ष शिक्षा, स्वास्थ, वातावरण, सरसफाई लगायतका विषयमा काम गरीरहेको बताए । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रममा भएको हो ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको