१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न काठमाडौंमा युथ कनक्लेभ



काठमाडौं । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरे ।

कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सिइओ जगदिश खड्का लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

सो अवसरमा मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई रु. एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।

कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुती रहेको कार्यक्रम संयोजक राजु टण्डनले जानकारी दिए । करिब ५ हजार विद्यार्थी तथा युवाहरुको कार्यक्रममा सहभागिता रहेको उनको भनाई छ ।

केवाइसी युवा विद्यार्थीहरुलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवद्र्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । हरेक वर्ष आयोजना हुँदै आएको केवाइसीको चौथो श्रृङ्खला हो ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ९ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले