१५ भदौ २०८३, सोमबार | August 31, 2026

धानमा गबारोको समस्या



नारायणगढ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो ।

धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन ।

धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उनले जानकारी दिइन । यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उनी बताउछिन । उनले भनिन, “पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको तर पूर्वी चितवनमा अलि पहिला रोपाइँ भएको थियो जहाँ गबारोको प्रकोप बढी देखिएको छ ।” यो रोग पश्चिम चितवनका खेतमा समेत फैलन सक्ने भएकाले कृषकलाई सजग गराइएको उनले बताइन ।

गबारोको माउले पातको टुप्पोतर्फको तल्लो सतहमा अण्डा पार्ने र अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ । यसले गुबो खाँदै तल वा माथि गई धानको बोटलाई असर गर्ने उनले बताइन । उनले भनिन, “अहिलेको मौसम धानमा रोग लाग्नका लागि उपयुक्त छ ।” दिउँसोमा घाम नलाग्ने, घाम लागिहाले पनि बादलसँगै लाग्ने हुँदा धानमा गबारो तथा ढुसी लाग्ने सम्भावना बढी हुने उनले बताइन ।

उनले धान बालीमा गबारोको प्रकोप सुरु भइसकेको भन्दै यसको व्यवस्थापनका लागि किसानलाई धानखेतमा नियमित निरीक्षण गरी पातको टुप्पोमा भएका गबारोका फुलहरू नष्ट गर्नसमेत अनुरोध गरेका छन । उनले थपिन, “गबारोको प्रकोप १० प्रतिशतभन्दा बढी भएमा कार्टप हाइड्रोक्लोराइड चार प्रतिशत वा फिप्रोनिल शून्य दशमलव तीन प्रतिशत वा क्लोरान्ट्रानिलिप्रोल शून्य दशमलव चार प्रतिशत जिआर ५०० ग्राम प्रतिकठ्ठाका दरले बालुवामा मिसाएर छर्न सकिन्छ ।”

रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रवीण लामाले अहिले पूर्वी क्षेत्रमा गबारो रोगको सङ्क्रमण बढ्दै गएको बताए । उनले भने, “खेतमा लागाइएका धानमा सङ्क्रमण दिनहुँ बढ्दै गएको छ, यसलाई नियन्त्रणका लागि हामी दैनिक खेत–खेतमा पुगेका छौँ ।” धान रोप्ने समयमा बीउको मुन्टा काटेर रोप्ने गर्दा गबारो कम लाग्ने उनले जानकारी दिए । यो सँगै यहाँका धान बालीमा पातको फेद डढुवा रोगको प्रकोपसमेत देखिएको छ । लगातार वर्षा, धानको बाक्लो रोपाइँ, माटोमा धेरै नाइट्रोजन भएमा पनि धानलाई ढुसीजन्य रोगले सङ्क्रमण गर्ने लामाको भनाइ छ ।

जिल्लामा २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ९ : १५ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,