२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोटरी क्लब अफ रुपन्देहीद्वारा तिलोत्तमामा विद्यार्थीलाई पोसाक वितरण



बुटवल । रोटरी क्लब अफ रुपन्देहीले आफ्नो ५३५ औं नियमित बैठकको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको छ । क्लबको शनिबार सम्पन्न बैठकको अवसरमा तिलोत्तमा-९ तुलसीपुरमा अवस्थित गौतमबुद्ध शिसु सदन आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

कार्यक्रमको अवसरमा बोल्दै लुम्बिनी प्रदेश संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुव धितालले क्लबबाट भएको सानो सहयोगले बालबालिकामा ठूलो खुसी ल्याउन सक्ने बताए । सामाजिक उत्तरदायीत्व र मानवीय दायित्व पूरा गर्नका लागि पनि यसैगरी विभिन्न अभियानमा जोडिन उनले सुझाव दिए ।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि लम्सालको अध्यक्षमा भएको कार्यक्रममा ११४ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको थियो । सो अवसरमा बोल्दै लम्सालले आफूहरुले गरेको सयोग प्रयाप्त नभएपनि यसैगरी सामाजिक सेवामा अन्यलाई समेत प्रेरित गर्न सन्देश दिने उल्लेख गरे । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरसिं पुन मगरले सामाजिक कार्य तथा पोसाक वितरणका लागि आफ्नो विद्यालयलाई छनोट गरेकोप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

क्लबका सदस्य बाबुराम रेग्मीको पहल तथा ओमप्रकाश श्रेष्ठको संयोजनमा विद्यार्थीलाई पोसाक वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी क्लबका सदस्य तथा अतिथीहरुले आगामी दिनहरुमा समेत यसैगरी सामाजिक क्रियाकलापमा सक्रिय हुनु पर्नेमा जोड दिएका थिए । हरेक व्यक्ति तथा संस्थाले गर्ने सानो-सानो सहयोगले समाजमा मानवीय सद्भाव र धारणाको विकासमा सहयोग पुग्ने उनीहरुले बताए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १ : १५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल