४ पुस २०८२, शुक्रबार | December 20, 2025

गाई-गोरु हत्या गर्नु संविधान विपरित कार्य : मधेशी आयोग



काठमाडौं । गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाईरगोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात(जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो-कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र सो घटनाको दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ३ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको