५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कागबेनी बाढी एक अर्ब बराबरको भौतिक संरचनामा क्षतिको अनुमान



बागलुङ। गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्‍याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् ।

व्यापार तथा कृषि पेसामा आवद्ध भएकाको घर, पुल र गरी खाने बारीनै बगरमा परिणत गरीदिएपछि अहिले हातमुख जोड्न समस्या भइरहेको उनीहरु बताउँछन् ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुर्‍याएकोे छ । भौतिक पूर्वाधार, स्थानीयको घर, व्यवसाय तथा विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पु¥याएको समितिले जनाएको छ । बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमासमेत ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताएयो । उनका अनुसार शाखाको तथ्याङ्कमा उल्लेख गरिए अनुसार यहाँका किसानको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पुर्‍याएको छ ।

बाढीले ११ रोपनी तीन कठ्ठा बारीमा लगाइएको स्याउ बगैँचासहित फलफूलमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख धामीले जानकारी दिए। उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ ।

स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी, ७१ भन्दा बढी खुर्पानीको बोट नष्ट भएको जानकारी दिए । बाढीले सबैभन्दा बढी स्थानीय किसान कुङ्गा नमडुल गुरुङ, पेमा निङ्बो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बारीमा रहेका बोटमा क्षति पुर्‍याएको धामीले बताए ।

बाढीले स्याउ खेतीका साथै कृषियोग्य जमिनका साथै सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा समेत क्षति पुगेको धामीले जानकारी दिए । उनका अनुसार कागबेनी वारिपारी क्षेत्रमा सिञ्चित हुने तीन कुलो तथा गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ वटा हाते ट्याक्टरसमेत बगाएको छ ।

“यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश किसानको स्याउ बगैँचामा ठूलो क्षति भएको छ । हामीहरुले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ”, धामीले भने, “कोहीको बगैंचा बगाएको छ, कोहीको स्याउ, खुर्पानी र नास्पातीको बोट बगाएको छ, सिँचाइ कोलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।”

बाढीले किसानको गोठ र पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलु गाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए ।

बाढीले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रू २१ करोड दुई लाख बराबरको क्षति पुर्‍याएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त विवरण अनुसार ५० घरमा रू ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस पूर्ण र पाँच घरमा आंशिक रुपमा क्षति भएको थियो । -रासस

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ४ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं