२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अफगानिस्तानमा महिलालाइ राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध



काबुल । तालिवानको अत्याचारले अफगानिस्तानमा महिलाको पीडालाई निरन्तर बढाइरहेको छ । अब यसमा अर्को अध्यादेश थपिएको छ । तालिवान संगठनले अफगानिस्तानको मध्य बामियान प्रान्तमा रहेको ब्यान्ड ए अमिर राष्ट्रिय निकुञ्जमा महिलाहरूलाई जान प्रतिबन्ध लगाएको छ ।

बामियानमा एक भाषणमा तालिबानका मन्त्री मोहम्मद खालिद हनाफीले अन्ततः महिलाहरूलाई पार्कमा प्रवेश गर्न दिने संयन्त्र निर्माण गरिरहेको बताएका त छन तर यो व्यवस्था नहुँदासम्म महिलालाई पार्कमा प्रवेश गर्न नपाइने सञ्चारमाध्यमले जनाएका छन् ।

हनाफीले तालिवान सुरक्षा बल र बामियान प्रान्तका एल्डरहरूलाई पार्कहरूमा महिलाहरूको प्रवेशमा प्रतिबन्ध लागू गर्न मद्दत गर्न आग्रह गरे । आफ्नो भाषणको क्रममा उनले तालिबानका निर्देशनहरू नमान्ने मानिसहरू र तालिबानले तोकेको हिजाब नियमहरू पालन नगर्ने महिलाहरूको पनि आलोचना गरेका छन ।

मिडिया रिपोर्टका अनुसार अगस्त २०२१ मा सत्ता कब्जा गरेपछि तालिवानले केटीहरूलाई माध्यमिक विद्यालयमा जान कडा प्रतिबन्ध लगाएको थियो ।

यो निराशाजनक प्रवृत्ति डिसेम्बर २०२२ मा जारी रह्यो, जब महिला र केटीहरूलाई विश्वविद्यालयहरूमा जान र गैरसरकारी संस्थाहरू र सहायता संस्थाहरूमा काम गर्नबाट प्रतिबन्धित गर्न सीमाहरू विस्तार गरियो ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ३४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती