१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अर्थले सहमति नदिँदा भेरी करिडोरको तल्लु-दुनै सडक निर्माण अलपत्र


११ भदौ २०८०, सोमबार  

169
Shares

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माण रोकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए । उनका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी रहेको छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यति विल्ड्रस प्रालिले गरिरहेको जनाउँदै उहाँले बाँकी ६२ किमी सडकको काम रोकिएको बताए ।

“चालु आवमा पनि माग गरी पठाएका छौँ । यदि अर्थले सहमति दिएर रकम निकासा भए गत आवमा विनियोजन गरिएको बजेटभन्दा चारगुणा बढी बजेट पाउने सम्भावना देखिएको छ”, प्रमुख अधिकारीले भने । उनका अनुसार गत आवमा सरकारले भेरी करिडोरका लागि रू ५० करोड विनियोजन गरेको थियो ।

उक्त बजेटले जाजरकोट खलङ्गाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको बताउँदै रकम अभावका कारण निर्माण प्रभावित भएको प्रमुख अधिकारीले बताए । तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउने उनको भनाइ थियो । आव २०७९÷८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताए।

यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पु¥याउने काम भइरहेको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपाने बताउनुभयो । कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको उनको भनाइ थियो ।

भारतको रोपैडियाँ, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णालीको सुर्खेत–छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो, मरिम्ला यस सडकले जोड्ने उनले बताए । सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रुपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने डोल्पालीले माग गर्दै आएका छन् ।

यो सडक भेरी नदीको किनारै किनारमा पर्दछ । दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन । पालिकाले आफ्नै पहलमा केही कच्ची सडक निर्माण गरेपछि साना तथा दुई पाङ्ग्रे सावारी सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।

पुल निर्माणमा ढिलाइ

पुल निर्माण गर्नसमेत अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन नसकेको आयोजनाका प्रमुख अधिकारीले बताए । ठेक्का सम्झौता भई निर्माण सुरु हुनुपर्ने बेलासम्म पनि पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा विलम्ब हुँदै आएको उनले बताए । उनका अनुसार भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ, मैदे खोला पक्की पुलका लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ ।

त्यस्तै तल्लु, छलगाड, झिम्रिखोला, ताँसुगाडको ठेक्का सम्झौता भइसकेको छ भने पिपेको डिजाइन स्वीकृत भएको अधिकारीले जानकारी दिए । उनका अनुसार झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  २ : ०३ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ