२४ पुस २०८२, बिहिबार | January 8, 2026

गौहत्याको विरोधमा सरकारलाई राप्रपाले बुझायो ज्ञापनपत्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

उनले भने, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।”

सो ज्ञापनपत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ५ : २३ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै