२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ



काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा रोल्पाका राहुल महरा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई बुधबार दिउँसो पक्राउ गरेको हो । महरा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा हुन् ।

चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोन गरेका थिए । उनको दुई सय भन्दा बढी पटक सुन तस्करीमा संलग्न व्यापारीसँग फोन सम्पर्क भएको थियो ।

यसअघि महरालाई पक्राउ नगरेको भन्दै सरकार विरुद्ध आलोचना भैरहेको थियो ।

राहुल महराले भने आफु अनुसन्धानलाई सहयोग गर्न सीआईबीमा उपस्थित भएको दाबी गरेका छन् ।
‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ महराले बुधबार अपरान्ह फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ४ : २० बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले