१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बागमती नदीको सुन्दरता बढाउँदै पार्क


१४ भदौ २०८०, बिहिबार  

351
Shares

ललितपुर । कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरु समय काट्ने थलो बनेको छ । बागमती किनार अवस्थित पार्कले यस क्षेत्रको स्वरुप नै फेरिदिएको छ ।

विशेषगरी बागमती किनारमा सुकुम्वासी बस्ती विस्तार नहोस् भन्ने उद्देश्यले विसं २०६३ मा पार्कको निर्माण गरिएको हो । अहिले पार्कमा ३५ भन्दा बढी जातका दुई हजार भन्दाबढी बिरुवा छन् । पार्क निर्माण समितिले समय–समयमा थप वृक्षरोपण पनि गर्दै आएको छ ।

यस क्षेत्रमा टेकुदोभानदेखि ललितपुर महानगरपालिका–४ मलपोखरीसम्म राजतीर्थ पार्क, सहिद पार्क, बिपि पार्क र मोनमोहनपार्क गरी जम्मा चार पार्क छन् । पार्क व्यवस्थापनको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भाडामा लिएको छ ।

बागमती नदीले छोडेको प्रतिजग्गा संरक्षण र हरियाली वातावरणसहित बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले पार्क निर्माण पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापा मगर बताउँछन् ।

उनका अनुसार ललिपुरमहानगरपालिका–२ देखि ललितपुर महानगरपालिका–४ सुन्दरघाटसम्मको बागमतीले छाडेको जमिनलाई मनोहन पार्कका रुपमा विस्तार गरिनेछ । “कुनै समय यहाँ फोहर व्यवस्थापन गर्ने डम्पिङ थियो । विसं २०६२ मा फोहर व्यवस्थापन समिति ललितपुरबाट प्राप्त भएको रु तीन लाख सहयोगबाट पार्कको निर्माण सुरु भएको हो । पार्क निर्माण र संरक्षणका लागि बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरिरहेको छ”, संस्थापक अध्यक्ष थापाले भने ।

पार्क प्रवेश निःशुल्क गरिएको छ । फोहोरका कारण दुषित देखिने बागमती नदी छेउमा हरियाली पार्क निर्माण भएपछि यस क्षेत्रमा मानिसको चहलपहल बढिरहेको छ । पार्क निर्माणपछि फोहोर फाल्न पनि रोकिएको छ । पार्कको हरियालीले बागमती नदी छेउको बस्ती र नदीको शोभा बढाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ३ : २५ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र