२५ मंसिर २०८०, सोमबार | December 11, 2023

नेपालगन्जमा आज मनाईयो गाईजात्रा, १६ मृतकको घरबाट संयुक्त सापारु जात्रा (फोटोफिचर)



नेपालगन्ज । बाँकेको नेपालगन्जमा आज गाइजात्रा पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगन्जमा आज सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो ।

नेवाः पुचको आयोजना, नेवाः दये दबुको सह आयोजना र बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीले बताए ।

स्थानीय भेरी स्कुल धम्बोझीमा भेल भएका यस वर्ष मृत्यु भएका मृतकका परिवार र आफन्तहरुले बिभिन्न प्रतिकात्कम पहिरनमा धम्बोझी, पुस्पलाल चोक, बसपार्करोड, न्यूरोड हुँदै बागेश्वरी मन्दिर पुगेर सापारु जात्रा सम्पन्न गरिएको थियो । बागेश्वरीमा पुगेका सापारुमा संलग्न बालबालिकालाई पुचःको तर्फबाट सुगुन दिएर जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका पार्षद एवं वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले बताए ।

जात्रामा नेवाः समुदायको लाखेनाच प्रदर्शन गरिनुका साथै प्रतिकात्मक तायमचा र बिबिध पहिरनमा सृङ्गारिएका बालबालिकाले पदयात्रा गरेका थिए ।

साउन शुक्ल पुर्णिमाको पछिल्लो प्रतिपदा तिथिमा नेवाः समुदायले पछिल्लो वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा सापारु जात्रा गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।

फोटो सौजन्य : हेमन्त कर्माचार्य

 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ४ : ३७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको