२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा



काठमाडौं । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेकी हुन् ।

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुनुहुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उनले भने, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए ।

भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ७ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका