४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न



काठमाडौं । भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औँ कोर्षको एक प्रतिनिधिमण्डलले (यही भदौ १० देखि १४ गतेसम्म) नेपालको भ्रमण सम्पन्न गरेको छ । भ्रमण दलमा भारत तथा जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित थिए ।

एयर भाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेको थियो ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै भारतका मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ९ : ०५ बजे

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको