३२ असार २०८३, बिहिबार | July 17, 2026

भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न



काठमाडौं । भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औँ कोर्षको एक प्रतिनिधिमण्डलले (यही भदौ १० देखि १४ गतेसम्म) नेपालको भ्रमण सम्पन्न गरेको छ । भ्रमण दलमा भारत तथा जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित थिए ।

एयर भाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेको थियो ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै भारतका मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ९ : ०५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना