२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सिटिजन लाइफ इन्स्योरेनसको आईपीओ आजबाट बिक्री खुला



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमाा मध्यम रूपमा सुरक्षित रहेको जनाउँछ ।

आर्थिक वर्ष २०७८/७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । उक्त अवधिसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसा पाउने देखिन्छ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुँणासम्म पहिलो मूल्यरेन्ज दिने गर्छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ५० बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,