२३ श्रावण २०८३, शनिबार | August 8, 2026

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला



काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयपछि सर्वसाधारणका लागि पुनः खुला भएको छ ।

आठ वर्षपछि आजबाट नेपाल–चीन मितेरी पुलरहेको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३० जना स्थानीय सर्वसाधारणलाई चिनियाँ भूमिमा प्रवेश गराएर तातोपानी नाकालाई पुनः सुचारु गरिएको हो ।

सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अघि तातोपानी नाका सर्वसाधारणका लागि खुला भएको छ । गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले सर्वसाधारणका लागि नाका खुला गर्ने निर्णय गरेको थियो । पहिलो चरण सिन्धुपाल्चोकको नागरिकता भएकाहरु मात्र तातोपानीबाट चिनियाँ क्षेत्रमा जान पाउनेछन् । उनीहरुले एक वर्ष अवधिको पास पाउनेछन् । त्यसपछि क्रमशः अन्य जिल्लाबासीलाई पनि परिचयपत्रका आधारमा पास दिइने बताइएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका पुरै बन्दभएको थिो । तीन महिनाअघि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ११ : ०३ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर