१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला



काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयपछि सर्वसाधारणका लागि पुनः खुला भएको छ ।

आठ वर्षपछि आजबाट नेपाल–चीन मितेरी पुलरहेको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३० जना स्थानीय सर्वसाधारणलाई चिनियाँ भूमिमा प्रवेश गराएर तातोपानी नाकालाई पुनः सुचारु गरिएको हो ।

सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण अघि तातोपानी नाका सर्वसाधारणका लागि खुला भएको छ । गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले सर्वसाधारणका लागि नाका खुला गर्ने निर्णय गरेको थियो । पहिलो चरण सिन्धुपाल्चोकको नागरिकता भएकाहरु मात्र तातोपानीबाट चिनियाँ क्षेत्रमा जान पाउनेछन् । उनीहरुले एक वर्ष अवधिको पास पाउनेछन् । त्यसपछि क्रमशः अन्य जिल्लाबासीलाई पनि परिचयपत्रका आधारमा पास दिइने बताइएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका पुरै बन्दभएको थिो । तीन महिनाअघि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ११ : ०३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले