२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रहेनन् वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधान



नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वेष्टर्न अस्पताल नेपालगन्जमा भर्ना भएका उनको आज दिउँसो २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिएका थिए । सेवा निवृत्त भएपछि पनि उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले पश्चिम क्षेत्रका हजारौं बालबालिकाको उपचार गरेर सेवा दिएका छन् ।

पहिलेदेखिनै सुगरको समस्याले ग्रसित हुनुहुन्थ्यो । फोक्सोको टिबी , कलेजो अनि किड्नीको समस्या देखिएपछि प्रधान भाद्र ४ गते अस्पताल भर्ना भएका थिए ।

उनलाई पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । यसक्षेत्रका चिकित्सकहरुका अभिभावककारुपमा रहेका डा.प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सकहरुले जनाएका छन् ।

डा.प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा वि.स. २००२ सालमा डा. प्रधानको जन्म भएको थियो । डा.प्रधानका श्रीमती र तीन छोरा छन् ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ७ : ३२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न