२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एमालेमा हैन माओवादीमा पहिरो जान जरुरी छ : शंकर पोखरेल



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा पहिरो जान जरुरी रहेको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीमा अझै पहिरो जानुपर्ने बताएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् । उनले भने, ‘पहिरो एमालेमा होईन पहिरो माओवादीमा जान जरूरी छ । देश निर्माणका लागि माओवादीमा अझै पहिरो जान जरूरी छ ।’

महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा विवाद भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । उनले आफु र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको उनले दाबी गरे ।
पोखरेलले कसैको सहारा बिना २०८४ मा एमालेको एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरुलाई आग्ह गरे ।

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ३ : ५८ बजे

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन