५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पार्टी नेतृत्व चयनको निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह



लुम्बिनी । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन गरिएको बताएका छन् ।

अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई गुट र उपगुटका रुपमा बुझाउने गरी चलेका प्रचारप्रति आपत्ति जनाएका छन् । अध्यक्ष कँडेलले जारी गरेको विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्णरुपमा सजग र सचेत रहेको उल्लेख गरेका छन्। “हाम्रो पार्टी नेकपा ९एमाले० श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वोपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकताबद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ”, उनले भनेका छन् ।

यस्तै निर्वाचनमा उपविजेता बनेका पार्टीका नेता रिजालले पनि पार्टीको प्रथम प्रदेश अधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई आभार व्यक्त गरे ।

साथै पार्टीको आन्तरिक निर्वाचनमा जसले जिते पनि एमालेको जीत ठानेर अघि बढ्न सबैमा आह्वान गर्दै आफू पनि पार्टीको काममा जतिबेला पनि दृढ सङ्कल्पका साथ अगाडि बढ्न सदैव प्रयत्न गरिनै रहने प्रतिबद्धता जाहेर गरेका छन् ।रासस

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १० : ३० बजे

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक