५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

एमाले लुम्बिनी अधिवेशन : मतगणना जारी (फोटो फिचर)



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मंगलबार भएको निर्वाचनको मतगणना भैरहेको छ।

साढे २ बजे सकिएको मतदान ५ बजेबाट मतगणना भैरहेको हो ।  बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) मा मतगणना सुरु भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ ।

नेतृत्वमा राधाकृष्ण कंडेल र हरि रिजाल प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् । १००४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको छ । उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन । त्यस्तैगरी दुई जना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।

उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लिला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहेका छन् । ५ जना पदाधिकारी सहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिष्पर्धामा छन् ।

फोटो फिचर

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : २६ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०