५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गुटको अस्तित्व कायम राख्दै सकियो एमाले लुम्बिनी अधिवेशन

अध्यक्षमा पौडेल निकटका राधाकृष्ण निर्वाचित, रुपन्देहीबाट खुला सदस्यमा गोपाल रानालाई सर्वाधिक मत 



बुटवल । एमाले भित्र गुटगत राजनीतिको अन्त्य नभएको सन्देश दिँदै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नामबाट गुटमा विभाजन भएका दुईवटा खेमा मध्य पौडेल निकट मानिएका पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा सोही समुहबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल गरेका हुन् । रिजाल महासचिवको निर्देशनमा केन्द्रीय सदस्यबाट प्रदेश अध्यक्षमा लड्न आएको बताइन्छ । कंडेलले कूल ९६५ मत खसेको मध्ये ४७९ मत प्राप्त गरेका थिए भने रिजालले ४७७ मत प्राप्त गरेका छन् ।

कंडेल पार्टी भित्र उपाध्यक्ष विष्णु पौडेल निकटको मानिन्छन भने रिजाललाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको समेत समर्थन रहेको थियो ।

एमाले सचिव प्रदिपकुमार ज्ञवालीको समेत साथ पाएका रिजाललाई अध्यक्ष बनाउनका लागि नेताहरु रुपन्देहीका भुमिश्वर ढकाल, शिवराज सुवेदी, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी,  खर्घाखाँचीका चेतनारायण आचार्यले बलियो साथ दिएका थिए । रिजालकै पक्षमा सर्वसहमती गराउने प्रयास असफल भएपछि भदौं १६ र १७ गते आयोजना गरिएको अधिवेशन लम्बिएर भदौं १९ गते नेतृत्व चयनका लागि मतदान प्रक्रियामा गएको थियो ।

अध्यक्ष ओलीको दबाबका बीच निर्वाचन सम्पन्न गर्ने जिम्मा पाएकी पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले रिजाललाई अध्यक्ष बनाउने गरि आफूलाई थमाइएको नाम लिष्ट अस्वीकार गर्दै चुनावी प्रक्रियामा जाने निर्णयमा पुगेकी थिइन ।

उपाध्यक्ष पोखरेल र महासचिव पोखरेलको प्रतिष्ठाको लडाईको रुपमा हेरिएको अधिवेशनमा पौडेल निकट कंडेल प्यानलबाट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन । उनले ४४५ मत प्राप्त गर्दा  रिजाल प्यानलका विश्वराज बराल अनुपले ३०६ मत प्राप्त गरे । उपाध्यक्ष पदमा अन्य २ जनाले समेत एकल रुपमा उम्मेदवारी दर्ता गराएका थिए ।

यसैगरी सचिव पदमा ततस्थ देखिएका दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । खुल्ला उपसचिव पदमा रिजाल प्यानलका रोल्पाका पूर्णबहादुर बुढा ४१८ मत प्राप्त गरि विजयी भए । कंडेल प्यानलका दुर्गा बहादुर चौधरीले ३९३ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा कंडेल प्यानलका लिला राना मगर निर्वाचित भएकी छन् । उनले ३५२ मत प्राप्त गर्दा रिजाल प्यानलबाट बाँकेकी बसन्ती अधिकारीले ३५१ मत प्राप्त गर्दै १ मत अन्तरले पराजित भएकी हुन् । पदाधिकारीमा उपसचिमा बुढा मगर बाहेक सबैमा कंडेल प्यान विजयी भएको हो ।

निर्वाचनबाट प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका बासुदेब घिमिरे सबैभन्दा बढी मत ३७६ मत प्राप्त गरि विजयी भएका छन् । यसैगरी अर्जुन केसी ३३३, कृष्ण प्रसाद खनाल ३३४, जलिल मिया ३५७, डिआर घिमिरे ३४०, नारायण प्रसाद भसाल २८३, प्रकाश जिसी ३२५, बाबुराम भट्टराई २५३, मधुकृष्ण पन्त २८५, सुष्मा खनाल २९९ मत ल्याएर विजयी भए ।

त्यस्तै लेखा समितिमा कंडेल प्यानलकै दामोदर घिमिरे, उपाध्यक्ष बैकुण्ठ महत निर्विरोध निर्वाचित भएका छन् । सचिवमा बाबुराम विश्वकर्मा ४४० मतसहित विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा कमलापति चौधरी र झपिन्द्र रायमाझी रहेका छन् । अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन गरेको छ ।

रुपन्देहीबाट खुला सदस्यमा गोपाल रानालाई सर्वाधिक मत 

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । होटल तथा पर्यटन व्यवसायी समेत रहेका राना युवाहरु बीच लोकप्रीय मानिन्छन् । यसैगरी रुपन्देहीबाट प्रदेश कमिटीका लागि निर्वाचित हुनेहरुमा प्रेम बहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा, खेमप्रसाद लुईटेल, टंकप्रसाद पराजुली, बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अरणयाल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहेका छन् । रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए ।

रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी भइन, रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी निर्वाचित भएका छन् ।

रुपन्देही मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित भइन ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १२ : ३५ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०