१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

गठबन्धन नामको बुँख्याचा सरकारले एमाले विरूद्ध षड्यन्त्र गरिरहेको छ : केपी ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नामको बुँख्याचा सरकारले एमाले विरूद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

बुटवलमा शनिबार आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने बताए । एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको आरोप लगाए ।

ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजिपतिलाई आतंकित बनाएको आरोप लगाए । आफु विरुद्ध यति यति भन्ने गरिएको जिकिर गर्दै उनले यतिबारे छानबिन गर्न चुनौती दिए । बिदेशीको नाममा लिजमा दिएको जग्गा सोझो शेर्पाले लिजमा लिंदा हल्ला गरिएको पनि बताए । सुशील कोइराला प्रधानमन्त्री हुँदा सो जग्गा यतिको नाममा लिजमा दिने निर्णय भएको उनले बताए ।

भारत भ्रमणमा बंगलादेश जाने बाटोको बदलामा कालापानी दिन सकिने प्रचण्डले अभिव्यक्ति दिएको आरोप लागाउदै ओलीले देशको जमिन अरुलाई दिने अधिकार प्रचण्डलाई नभएको बताए । आफ्नो नेतृत्वमा सरकार हुँदा उच्चतम विकास भएको दाबी गर्दै उनले अहिले जतासुकै विनास मात्र देखिएको बताए ।

प्रचण्डको भारत भ्रमणले कुनै लाभ लिन नसकेको बताउदै उनले भने, ‘गेरू बस्त्र धारणम, मुर्राभैसी ताननम् । यस्तो पनि सरकार हुन्छ ?’ उनले थपे, ‘ विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ ।’ एमालेको सरकार बन्यो भने एक हप्तामा डबल राजश्व उठाउने उनले दाबी गरे।

ओलीले विरोधीहरुलाई देखाउनका लागि एकतावद्ध भएर जान जरुरी रहेको बताए । लुम्बिनीमा सबैभन्दा बढी पार्टीका पदाधिकारी रहेको चर्चा गर्दै उनले नेताहरु सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न आग्रह गरे । नेताहरुको नाम नै लिएर उनले भने ‘ सचिबालयका येत्तिका नेता यहि हुन्हुन्छ, बेलुका बस्नुस र सबैलाई चित्त बुझाएर मिलौनुस, म भोलि घोषणा गरेर फर्कन्छु ।’ उनले भने ।

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ५ : १४ बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका