२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोशीका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीशद्वय मल्ल र माथेमाको संयुक्त इजलासमा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमालेले दायर गरेको मुद्दामाथिको सुनुवाइ आज हुँदैछ ।

सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको इजलासमा हुने भएको छ ।

यसअघि शुक्रबार पनि पेसी तोकिएको थियो । तर त्यसअघि सोही मुद्दाको सुनुवाइ गर्दै कोशी सरकार विरुद्ध अन्तरिम आदेश जारी गरेका ईश्वरप्रसाद खतिवडाले इजलासमा बस्न अस्वीकार गरेपछि पेसी आजका लागि सरेको थियढो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिम्मत थापाले मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्ष गरेका सांसदले दिएको मत असंवैधानिक भएको जिकिर गर्दै भदौ ६ गते मुद्दा दायर गरेका थिए ।

मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । सभाको अध्यक्ष गरेका सांसद इस्माइल मन्सुरले थापालाई मत दिएका थिए ।

मुद्दामा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई कार्काीले विपक्षी बनाएका छन्।

 

 

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ११ : २४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११