२५ मंसिर २०८०, सोमबार | December 11, 2023

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा घाइते एकको मृत्यु, १३ जनाको उपचार हुँदै



काठमाडौैं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं। २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा रहेकी छिन् । स्कुटरमा रहेकी थापाको मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवार अर्की जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र बाँकी पाँच जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ११ : ३३ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर