२० श्रावण २०८३, बुधबार | August 5, 2026

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा घाइते एकको मृत्यु, १३ जनाको उपचार हुँदै



काठमाडौैं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं। २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा रहेकी छिन् । स्कुटरमा रहेकी थापाको मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवार अर्की जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र बाँकी पाँच जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ११ : ३३ बजे

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले