५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

फत्तेपुरबाट नेपालगन्ज ल्याइँदै गरेको ३० किलो चित्तलको मासु सहित एकजना पक्राउ



नेपालगन्ज । ३० किलो जंगली जनावर चित्तलको मासुसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ। राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज तर्फ लैजाँदै गरेको अवस्थामा ३० किलो चित्तलको मासुसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँचमा खटिएको टोलीले नेपालगन्ज तफए आउँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर ल्याउदै गरिएको ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

अटोको डिक्कीमा लुकाई छिपाई नेपालगन्ज ल्याउन लागिएको अवस्थामा राप्तीसोनारी( ६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा पठाइएको छ ।

बन कार्यालयले पक्राउ परेका परियारमाथि बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने तयारी गरेको छ । पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : २८ बजे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत