२३ भदौ २०८३, मंगलबार | September 8, 2026

फत्तेपुरबाट नेपालगन्ज ल्याइँदै गरेको ३० किलो चित्तलको मासु सहित एकजना पक्राउ



नेपालगन्ज । ३० किलो जंगली जनावर चित्तलको मासुसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ। राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज तर्फ लैजाँदै गरेको अवस्थामा ३० किलो चित्तलको मासुसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँचमा खटिएको टोलीले नेपालगन्ज तफए आउँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर ल्याउदै गरिएको ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

अटोको डिक्कीमा लुकाई छिपाई नेपालगन्ज ल्याउन लागिएको अवस्थामा राप्तीसोनारी( ६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा पठाइएको छ ।

बन कार्यालयले पक्राउ परेका परियारमाथि बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने तयारी गरेको छ । पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १ : २८ बजे

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास