६ श्रावण २०८३, बुधबार | July 22, 2026

लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : कृषिमन्त्री भुसाल



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन् ।

सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो सङ्क्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिए ।

सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिए ।

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा उपचारपछि निको हुने सङ्ख्या बढ्दै गएको र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्याङ्क प्रस्तुत गरियो । मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन् ।

महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ । उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए ।

कृषिमा आत्मनिर्भर हुन उत्पादन वृद्धि गर्नुका विकल्प नरहेको बताउँदै उनले बाँझो जमिनमा सिँचाइ संयन्त्र बढाएर उत्पादन बढाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । रासायनिक मलको आपूर्ति कृषिका लागि मुख्य समस्या हुने गरेकाले आफ्नो पहिलो ध्यान मल आयातमै केन्द्रित गरेको बताउँदै कृषिमन्त्री डा भुसालले १० वर्षको अवधिमा सबैभन्दा बढी मलको आयात यस वर्ष भएको जानकारी दिए ।

नेपालीको खानाको ६७ प्रतिशत हिस्सा धानले ओगटे तापनि आवश्यकताभन्दा अझै १२ लाख ८० हजार मेट्रिक टन कम उत्पादन भएकाले चैते धान लगाइएको क्षेत्रफललाई वृद्धि अभियान सञ्चालन गर्न लागेको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ८ : ०० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको