१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रथम कृष्ण जन्मष्टमी विद्यालय स्तरिय तथा खुल्ला टेबल टेनिस प्रतियोगीताको तयारी पुरा



बुटवल । बुटवल टेबल टेनिस क्लबको आयोजनामा प्रथम कृष्ण जन्मष्टमी जिल्ला स्तरीय स्कुल तथा खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । क्लबको आयोजनामा बुटवल-११ ओलीपथ स्थित कभर्डहलमा यही भदौं १९ र २० गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी गराउँदै क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुल्ला तथा विद्यालयका गरी ३ सय बढी प्रतियोगीताले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

विभिन्न ११ विधामा हुने प्रतियोगितामा डबल्स तथा सिंगल्स प्रतिस्पर्धाहरु हुने छन् । प्रतियोगीतामा खुलातर्फ विजेताले नगद ५ हजार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उविजेता र तृतीय हुनेले क्रमशः ३ हजार र २ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन शाक्यले जानकारी दिए ।

विद्यालय स्तरका प्रतिस्पर्धाहरुमा पनि विजेता तथा उप विजेताहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको उल्लेख गरे । यसैगरी विजेताहरुले लुम्बिनी केवलकारको फ्रि टिकटबाट बसन्तपुर यात्रा गर्न पाउने उल्लेख गरे ।

सीमित श्रोतसाधनका बीच विगतका वर्षहरुदेखि नै प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यो वर्ष केही ढिला गरी आयोजना गरिएको अध्यक्ष तुलाधरले बताए । रुपन्देहीमा २ दर्जन बढी राष्ट्रिय स्तरका टेबलटेनिस खेलाडी रहेका छन् भने विभागीय टिममा सहभागी भई अन्तर्राष्ट्रिय प्रतियोगिताहरमा सहभागी भएका खेलाडीहरु पनि रहेका छन् ।

तर सरकारको बेवास्ताका कारण खेल सञ्चालनका लागि संरचना नहुँदा समस्या भएको अध्यक्ष तुलाधरले बताए । विगतका वर्षहरुमा विनियोजन हुँदै आएको सीमित बजेट समेत बुटवल उपमहानगरले यस पटकका वार्षिक बजेटमा काटौती गरेको उनले गुनासो गरे । ‘न संरचना छ, न बजेट छ, सम्भावना हुँदाहुँदै पनि सरकारले हामीलाई चासो दिएन ।’-गुनासो गर्दै अध्यक्ष तुलाधरले भने ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : ३० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा