२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हट्यो बालेनको ‘स्टाटस’



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । उनले दाबी गरे जस्तो प्रहरीबाट लामो समय उनको गाडी र बालेन पत्नीसँग केरकार गरेको पुष्टि नभएपछि बालेनले चुपचाप स्टाटस हटाएका छन् ।

बालेनको सो स्टाटसको चौतर्फी आलोचना भएपछि उनले आफ्नो सचिवालय मार्फत ट्राफिक प्रहरीबाट दुर्ब्यवहार भएको भन्दै विज्ञप्ति जारी गर्न लगाएका थिए । तर प्रहरीले त्यसको प्रतिबाद गर्दै कुनै दुर्ब्यवहार नगरेको बताएपछि बालेनले स्टाटस हटाएका हुन् ।

शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

उनका समर्थकहरुले सुत्केरी हुन अस्पताल जाँदै गरेको अवस्था भन्दै उनको पक्षमा लबिङ गरेपनि अस्पताल एनआइसीयूमा रहेको बच्चालाई दुध खुवाउन सरकारी गाडीमा अस्पताल गएको र सामान्य अवस्थामा घर फर्कने क्रममा प्रहरीको चेकजाँचमा परेको बालेनको सचिवालयले प्रकाशित गरेको विज्ञप्तिमा स्वीकार गरिएको छ ।

जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ११ : १६ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।