२७ पुस २०८२, आइतबार | January 12, 2026

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।

सोमबार नवलपरासी (पश्चिम) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको बताएकी हुन् । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु नपर्ने उनको भनाई थियो । आफ्नो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको उनले बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । लामो समयको प्रतीक्षा पछि नवलपरासीको ९पश्चिम० सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन ।

उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ५ : १६ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको