७ आश्विन २०८३, बुधबार | September 23, 2026

जलस्रोत अनुसन्धान विकास केन्द्रका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं। जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध मंगलबार गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ। सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ।

अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ। कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको छ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ५ : ३३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११