३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुरामा १८ औं तीज महोत्सव आयोजना हुँदै, मौलिक पहिरनमा आउने महिला दर्शकलाई पनि पुरस्कार



खजुरा । बाँकेको खजुरामा १८ औ तीज महोत्सव हुने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा खजुरामा १८ औ सृङ्खलाकारुपमा तीज महोत्सव हुने भएको हो ।

क्षेत्र संरक्षण समितिले आज पत्रकार सम्मेलन गरेर तीज महोत्सवको तयारी तिब्र पारिएको जनाएको छ । २२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताकारुपमा यसवर्ष महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । उनले तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता तथा ब्रतालु दिदीबहिनीहरुको खजुरामा पुजा गर्न आउने र तीजि गीतमा रमाउने परम्परा जस्तै बनेको बताए ।

मौलिक शैलीमा आफै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा ब्यवस्था मिलाईएको उनले जानकारी दिए । समुहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महेत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरुको भेला हुने आयोजकले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले ५ दशक पहिले देखि लक्ष्मीनारायण परिषरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले ब्यवस्थापन मात्र गरेको बताए । तीजको दिन स्वतः खजुरामा हजारोंको संख्यामा दिदीबहिनीहरुको जमघट हुने गरेको बताउँदै उनले यस वर्ष खजुराको वारी र पारी दुबै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा खजुरा दशकौं अगाडि देखि साँस्कृतिकरुपमा समृद्ध क्षेत्र रहेको दाबी गर्दै नेपालको प्राय सबै जिल्लाहरुबाट बसाँई सरेर आएका नेपालीहरुले बसोबास गर्ने भएकाले खजुरा बहुभाषिक र बहुसाँस्कृतिक रुपमा प्रसिद्ध रहँदै आएको जनाइएको छ । ‘बसाई सराई सँगै आएका गाँउबेसीका साँस्कृतिक कोशेलीलाई खजुराबासीले जिवन्त राखि नै रहेका छन् ।’ विज्ञप्तिमा लेखिएको छ ।

चरम द्वन्द्वकाल देखि नै खजुराको एकता र साँस्कृतिक पहिचान जोगाउँदै आएको खजुरा क्षेत्र संरक्षण समितिले यस वर्षपनि आफ्नो परम्परालाई कायम राख्दै बृहद तीज महोत्सवको सृङ्खलालाई निरन्तरता दिने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीजी गीत र तीजको एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुने समेत आयोजक क्षेत्र संरक्षण समितिले जानकारी दिएको छ ।

प्रतियोगी सहित मेला भर्न आउने मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकबाट मुल्याँकन गरेर पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ५ : १२ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत