९ फाल्गुन २०८०, बुधबार | February 22, 2024

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका-१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका-१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : १७ बजे

रुपन्देही उद्योग संघमा स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समितिमा खनाल

बुटवल । रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित

महासमिति बैठकमा मदनको प्रश्न- युवा कांग्रेसमा किन लाग्ने?

ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा

जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण विजयतालाई खजुरामा अभिनन्दन

खजुरा । भुटानमा भएको दास्रो जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा

माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवाको शुभारम्भ 

काठमाडौ । माछापुच्छ्रे बैंकले ग्राहकवहरुको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी

एक लाखभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

काठमाडौं । सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा