११ असार २०८३, बिहिबार | June 25, 2026

रुकुम पश्चिमको मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते



सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिए । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ५२ बजे

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका