२० असार २०८३, शनिबार | July 4, 2026

बर्दिवासमा एक कलेजमा बिरामी हुने विद्यार्थीको संख्या ८० नाघ्यो, परीक्षा रोक्न माग



महोत्तरी । अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासमा एक साथ बिरामी पर्नेको संख्या ८० नाघेको छ ।

एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले हिजो पनि परीक्षण गरेका थिए।

परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुलले जानकारी दिए। ञहाम्रोमा सातौं सेमेस्टरको परीक्षा चलीरहेको थियो। केही विद्यार्थीमा त्यतिवेला पनि ज्वरो आएको थियो,झ उनले भने।

रोगको विषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन । बर्षादका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकले बताएका छन्। २२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछि स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित बनेपछी वडा अध्यक्ष मगरले हिजो क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए। परीक्षण गरिएका सवै बिद्यार्थीमा ज्वरो देखिएको थियो। कतिपयको स्थानीय क्लिनिकमा उपचार भए तापनी केहीको भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्र्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्तिसमेत निकालेको छ। सो बिज्ञप्तिमा एक हप्तादेखि दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित बने पछि पाचौं सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ।

कृषि तथा वन बिज्ञान विस्वविध्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरेको हो । परीक्षा स्थगनको लागी प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले बताए।

विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए। यो कलेज बर्दिबास नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री गाउँमा रहेको छ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ९ : ४५ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी