४ पुस २०८२, शुक्रबार | December 20, 2025

रिजालको पार्थीव शरीर श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा, आर्यघाटमा अन्त्येष्टि गरिने



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिवलाई श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।

स्वर्गीय रिजालको पार्थीव शरीरलाई अहिले ११ बजेदेखि १२ बजेसम्म श्रद्धान्जलीका लागि सभागृहमा राखिएको हो । त्यसपछि पशुपति आर्यघाटमा १२ ३० देखि १३० बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिने र २३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

निमोनियाबाट ग्रस्त भएका रिजालको आज बिहान ७ ३० बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । देउवाले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

रिजाल नेपाली कांग्रेसको काठमाडौं महानगरको संगठन निर्माणमा सक्रिय नेताको रुपमा चिनिन्थे । २०२७ सालमा जन्मिएका उनी २०४६ सालको जनआन्दोलनको क्रममा प्रहरी हिरासतमा परेका थिए ।

रिजाल कामपा वडा नं. १६ मा दुई पटक वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ११ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको