१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति अस्पतालमा बालिका मृत्युबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ



काठमाडौं । कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन्।

प्रतिनिसभाको बिहीबारको बैठकमा यी दुई घटनाबारे सांसदहरुले प्रश्न उठाएपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

कांग्रेस नेता यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपमा आयोजित एक साक्षातकार कार्यक्रम सकेपछि नुवाकोट घर भई बालाजु बस्ने श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै, कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाले समयमा उपचार नपाएर भएको मृत्युबारे पनि जानकारी गराउन सभामुखले रुलिङ गरेका हुन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० की ५ वर्षीया बालिका रेजिना गोपालीको समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा गत सोमबार निधन भएको थियो।

उनलाई ज्वरो आएपछि परिवारका सदस्यले उपचारका लागि कान्ति बाल अस्पताल लगेका थिए।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ४ : ३२ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि