१ आश्विन २०८३, बिहिबार | September 17, 2026

जिल्लास्तरिय खुल्ला टेबल टेनिस प्रतियोगितामा गार्गी एकेडमी च्याम्पियन



बुटवल । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवलमा भएको प्रथम कृष्णजन्माष्टमी जिल्ला स्तरिय खुल्ला तथा विद्यालय स्तरिय टेबुल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय स्तरमा प्रथम ४ स्वर्ण, ३ रतज र ३ कास्य सहित गार्गी एकेडमी प्रथम भएको हो । २ स्वर्ण, १ रजत र १ कास्य सहित लुम्बिनी ईग्लीस बोर्डीङ्ग स्कुल द्धितिय र यस्तै तृतिय मा २ स्वर्ण २ कास्य सहित दीप बोर्डीङ्ग मावि तृतिय भएको हो ।

प्रतियोगिताबाट क्याडेट ब्वाईजमा गुल्सन धवल दिप बोडीङ्गका प्रथम भएका छन् । क्याडेट गल्समा गार्गीकी सुपीया खरेल, जुनियर ब्वाईजमा गाग्रीकै सुजल आचार्य, जुनियर गल्र्समा दिपका साहिना पुरी प्रथम भएका हुन ।

यस्तै सिनीयर ब्वाईजमा हिमाल विष्ट क्याननमावि, गल्र्समा निशा खवास लुम्बिनी, ब्वाईज डवलमा रितिम र सुजल गार्गी र गल्स डबल्समा निसा खबार र सोनम गुरुङ्ग लुम्बिनी बोर्डीङ्ग स्कुलमा प्रथम भएका छन् ।

यस्तै मिक्स डबल्समा गार्गीका रितिम र सिमरन प्रथम भएका हुन । खुल्ला तर्फ हिमाल विष्ट प्रथम भए भने ऋितम गुरुङ्ग द्धिति र विष्णु सुनार र प्रिन्स थापा तृतिय भएका थिए । महिला खुल्ला तर्फ प्रकृति राना प्रथम, गीता आर्याल द्धितिय र सिना खबर र सचिना पुरी तृतिय भएका हुन ।

प्रतियोगीतामा राईजीङ्ग प्लेयर ब्वाईजमा सुुसान्त शारु, महिलामा आस्मा टण्डन भए । यस्तै बेष्ट प्लेयर्समा हिमाल विष्ट र प्रकृति राना भए । अनुसान विद्यालयमा मणिमुकुन्द विद्यालय र पोष्ट पार्टीसिपेसनमा पनि मणिमुकुन्द विद्यालय नै भयो ।

प्रतियोगिता सामापन कार्यक्रममा रुपन्देही जिल्ला टेबुल टेनिस संघका वरिष्ट सल्लाहकार अर्जुनमान शैजु, पुर्व डीएसपी मेघराज कंडेल, बागमती प्लाष्टिक प्रालिका हेमनाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, टेबुल टेनिस संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नर बहादुर क्षेत्री, एपेक्स स्कुलका प्राचार्य दिपक गौतम, गार्गी ऐकडमीका प्राचार्य भुवन अधिकारी, टेबुल टेनिस एकेडमी सञ्चालक झरना श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १० : ३८ बजे

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति