२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बुटवलमा आजदेखि सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु, १२८ खेलाडी सहभागी



बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता बुटवलमा शुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले उद्घाटन गरिन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सांसद ढकालले स्नुकर खेल विश्वकै पुरानो मध्येको स्तरीय खेल भएपनि नेपालमा ओझेलमा परेको र राज्यको ध्यान नपुगेको औंल्याइन् ।

तीनै तहका जनप्रतिनिधिको ध्यान खेलकुदको विकासमा जान नसकेको भन्दै उनले खेलकुदको विकास र खेलाडीको हित हुने गरी स्पष्ट नीति र कानुन बनाउनुपर्ने खांचो रहेको बताइन् ।

उनले स्नुकर खेलको सम्मान हुने गरी लुम्बिनी प्रदेश सभामा नीति र कानुन बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाउंदै स्नुकर संघको अहिलेको नेतृत्व सक्षम भएकाले राष्ट्रियस्तरको प्रतियोगिता आयोजन ागर्न सुझाव दिइन् ।

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले विगतमा स्नुकर खेलप्रति प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण गलत रहेको र स्नुकर क्लबहरु बन्द गराइएको स्मरण गर्दै तिर अहिले यो खेल मर्यादित र व्यवस्थित बनेको बताए ।

कार्यक्रममा बोल्दै तिनाउ इन्टरनेसनल हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी, वडाध्यक्षहरु शिव राना, हरि श्रेष्ठ, नरिश्वर पौडेल,अधिवक्ता जोगबहादुर खत्री,संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य,संघका वरिष्ठ उपाध्यक्ष बासु प्रधान,महासचिव शंकर खड्का लगायतले स्नुकर खेललाई प्रवद्र्धन गर्न लुम्बिनी प्रदेश सरकारले लगानी गर्नुपर्ने माग गरे ।

एक हप्तासम्म चल्ने प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए । कार्यक्रममा स्नुकरका अन्तर्राष्ट्रिय खेलाडी बुटवलका रेगन श्रेष्ठ र अपांगता भएका जमिर मियालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ४ : २६ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप