४ पुस २०८२, शुक्रबार | December 20, 2025

दीपमा तीजगीत तथा नृत्य प्रतियोगिता



बुटवल दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगिता मध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन् भने कक्षा ८, ९, १०, ११ र १२ मा भएको प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, कञ्चनजङ्घा द्वितीय र कक्षा १२ व्यवस्थापन सङ्कायको समूह तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, सदस्य सीता खनाल र सबिता वि.क तथा वडा सचिव सुन्दरी आचार्य, उपप्रचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर थापा, विजया थापा र विपिन ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन विजय सापकोटा र बेबी किराँतले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यालय प्रशासन र व्यवस्थापन समितिका सदस्यहरूले तीजगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ५ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको