१० बैशाख २०८२, बुधबार | April 23, 2025

बृहत शान्ति सम्झौताको १७ वर्ष पुग्दा लुम्बिनीमा सशस्त्र द्वन्द्वका ४३० मुद्दा अलपत्र



नेपालगन्ज । सरकार र बिद्रोही पक्षकाबीच बृहत शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा पनि लुम्बिनी प्रदेशमा रहेको सरकारी आयोगमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरीमाथि सुनुवाई हुन नसकेको पाईएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जमा अझै पनि सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरी माथि छानविन, अनुसन्धान हुन बाँकी रहेको पाईएको हो ।

२०७९ पुष मसान्तसम्मको विवरण अनुसार महासन्धिको आधारमा उजुरीको सङ्ख्या हेर्दा नागरिक तथा राजनीतिक ११०, आर्थिक तथा सामाजिक ५८, यातना ८५, महिला ६, बालबालिका ६६, बलपूर्वक बेपत्ता १२० गरी जम्मा ४४५ वटा उजुरी रहेका छन् । कुल उजुरी मध्य १५ वटा बाहेक अन्य सबै सशस्त्र द्वन्द्वसँग सम्बन्धित छन् ।

जिल्लागत विवरण अनुसार उजुरीको सङ्ख्या हेर्दा बाँके १२७, बर्दिया ८६, दाङ ५३, रोल्पा १३५, रुकुम पूर्व ३१, प्युठान १२ र डोल्पाको १ वटा उजुरी रहेको छ । प्रदेश कार्यालय बाँके मै रहेपनि आयोगले बाँकै जिल्लामा रहेका सबै भन्दा बढी उजुरीलाई कारवाहीमा ल्याउन सकेको छैन ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जका मानव अधिकार अधिकृत दयाराम पाठकले आयोगमा दर्ता भएका उजुरीको सङ्ख्या धेरै भएपनि जनशक्ति, स्रोत साधनको अभावका अपेक्षाकृत काम गर्न नसकिएको बताए । हाल आयोगको कार्यालयमा १ जना कार्यालय प्रमुख सहित ३ जना मात्र मानव अधिकार अधिकृत रहेका छन् ।

आयोगको नेपालगन्ज शाखाले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, प्युठान र रोल्पा जिल्ला हेर्ने गर्दछ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगन्जले बार्षिक ४ देखि ५ दर्जनको हाराहारीमा मात्र उजुरीको फच्र्यौट गर्न सकेको कार्यालयकै तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : १३ बजे

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त

बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल