२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

तीन मन्त्री र एक राज्यमन्त्रीले पनि लिए शपथ



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबास साँझ कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त गरेसँगै कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्।

यसअघि २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की अहिले दोस्रो पटक नियुक्त भएका हुन् । कार्की गत असार १५ गते विश्वासको मत पाउन असफल भएपछि पदमुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री पनि नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री रहेका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि आजै शपथ लिएका छन्।

निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर बुधबार सर्वोच्च अदालतले गरेको थियो । त्यसपछि कार्की संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री बन्न पाएका हुन् ।

 

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ८ : १४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका