१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

तीन मन्त्री र एक राज्यमन्त्रीले पनि लिए शपथ



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबास साँझ कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त गरेसँगै कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्।

यसअघि २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की अहिले दोस्रो पटक नियुक्त भएका हुन् । कार्की गत असार १५ गते विश्वासको मत पाउन असफल भएपछि पदमुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री पनि नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री रहेका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि आजै शपथ लिएका छन्।

निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर बुधबार सर्वोच्च अदालतले गरेको थियो । त्यसपछि कार्की संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री बन्न पाएका हुन् ।

 

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ८ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले