६ श्रावण २०८३, बुधबार | July 22, 2026

शम्शेरगन्ज बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो (मृतकको नामावलीसहित)



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परि चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३१ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्कीएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीले सुरुमा चितवनबाट नेपालगन्ज आउँदै गरेको जानकारी दिएपनि घाइतेहरुको बयान पछि दुर्घटनाको थप विवरण जानकारी दिएको हो ।

दुर्घटनामा मृत्युहुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी (जुगबहादुर चन्द) र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

 

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ११ : ३७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज