२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक व्यवसायिक उडान हुदैँ



पोखरा । आजबाट पोखरामा पहिलो पटक व्यावसायिक उडान सुरु हुनेछ । विमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस-३१९ पोखरामा अवतरण गरेको थियो ।

सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनवाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ७ : १८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र : स्थलगत निरीक्षणमा पुगे पूर्व मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन

काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता